ओली देशको प्रधानमन्त्री भएकै दिन बढ्यो इन्धनको मूल्य

दाङ समाचार
दाङ समाचार ३२ असार २०८१, सोमबार
1 Min Read
Aa

दाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएकै दिन पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्