राप्तीमा सञ्चालित व्यवसाय दर्ता तथा नविकरण शिविरबाट ६ लाख बढी राजस्व संकलन

दाङ समाचार
दाङ समाचार ४ श्रावण २०८१, शुक्रबार
1 Min Read
Aa

तुल बहादुर कवँर मगर, भालुवाङ
दाङ – राप्ती गाउँपालिका वडा नं.५ सिसहनियाँमा सञ्चालित व्यवसाय नविकरण तथा नयाँ दर्ता शिविरबाट ६ लाख बढी राजस्व संकलन भएको छ।

राप्ती गाउँपालिका दाङद्वारा सिसहनियाँ उद्योग वाणिज्य संघको समन्वयमा बुधबार देखि शुक्रबार सम्म तीन दिन सञ्चालन भएको शिविरबाट ६ लाख ८ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन भएको राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो।

आचार्यका अनुसार शिविरमा २ सय ७४ व्यवसाय नविकरण र ६ वटा नयाँ व्यवसाय दर्ता भएका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्