अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

दाङ समाचार
दाङ समाचार ११ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्‍याउने दूतावासले जनाएको छ ।

मानव तस्करहरुको समूहले अवैध रुपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरु पुर्‍याउने गरेका छन ।पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।

अब नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, त्यसरी नगएमा विमानस्थलबाट फर्काउनेछ । ‘विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइसकेको छ’, नेपाली दूतावासले भनेको छ ।

साथै दूतावासले जायज कारण भए पुष्टि हुने कागजात र प्रवेशाज्ञा पाएर मात्र ब्राजिल आउन वा ब्राजिल भएर अरु अरु देशको भ्रमणमा जान अनुरोध समेत गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्