गीतकार किस्ना आचार्यको उत्कृष्ट शब्दमा ‘को नै छर अरु’

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३० माघ २०८१, बुधबार
2 Min Read
Aa

दाङ – कुशल गीतकार किस्ना आचार्य रोशनीको उत्कृष्ट शब्दमा नेपाली लोकगीत ‘को नै छ र अरु’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायक गोविन्द मधुर आचार्य र चर्चित गायीका सुनितामी परियारले आवाज दिनु भएको छ । गीतमा संगीत संयोजन गायक आचार्यले गर्नु भएको छ । यो गीतलाई गायक आचार्यकै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

“को नै छ र अरु, मैले मनको पिडा पोख्ने को नै छर अरु, मलाई यति जबाफ देउ ए निष्ठुरी माया मुटुमा लागेको घाउ म कसरी भरु” आफु शुन्य भएर पनि प्रेमिकालाई आफुले साथ दिएको भन्दै प्रेमीले गुनासो व्यक्त गरेका छन । मनमा अगाध प्रेम भएर अलग बस्न पर्दाका पिडा गीत मार्फत गीतकारले पोखिएका छन ।

‘एक दिन उज्यालो छाउला’ बाट चर्चित बन्नु भएका गोविन्द मधुर आचार्य र ‘सुनिमायालाई’ गीतबाट चर्चामा आउनु भएकी गायिका सुनितामी परियारलाई यतिबेला मेला महोत्सवहरुमा भ्याई नभ्याई छ । हो, उनै चर्चित कलाकारले यस गीतमा आवाज दिनु भएको छ ।

“को नै छ र अरु, मैले मनको पिडा पोख्ने को नै छर अरु, एक चोटी त भेटम सानु बोल्न नसकेनी हेरेरै बसम्ला नरोम्ला नि बरु” माया र प्रेमका कुरालाई गीतकारले चित्रण गर्न खोजिएको यस गीतमा मनभरी अथाह प्रेम भएको, भेट्न चाहेको, भेट्दा हेरेर बस्ने तर नरुने जस्ता मर्मस्पर्सी शब्द चयन भएका छन ।

प्रेमिकाको सिउँदो भरिदिन आफु लायक नभएको, मनैदेखि लगाएको माया गलाको पासो भएको, माया र प्रेममा पिडा पाएर विक्षिप्त बनेर कसैको याद नआउने ठाउँको खोजीमा रहेका जस्ता शब्दले गीतलाई पूर्णता दिएको छ, गीतकार आचार्यका एक पछी अर्को गर्दै गीतहरु सार्वजनिक भैरहेका छन, उहाँका थुप्रै चर्चित गीतहरु युटुबमा हेर्न सकिन्छ । यो गीतको पुरा भिडियो हेर्नका लागि तल राखेको लिंक क्लिक गर्नु होला ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्