दाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको तीनकुनेमा भोलि हुने राजसंस्था पक्षधरहरूको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ। राप्रपाले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी हुन पार्टीका नेता/कार्यकर्ता र सर्वसाधारणलाई आग्रह गरेको हो।
पार्टीको नक्काली लेटरप्याड बनाएर चैत १५ गतेको आन्दोलन स्थगित भएको भ्रम फैलाइएको भन्दै त्यसमा विश्वास नगर्न र आन्दोलनमा सहभागी हुन राप्रपाले आह्वान गरेको हो।
‘भोलि चैत १५ गते शुक्रबार राजधानीमा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजीलगायतका विषयमा हुने प्रदर्शन र आन्दोलनका सम्बन्धमा पार्टीको नाम, छाप र प्रवक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको छ। यस्ता कार्यहरु निन्दनीय र आपत्तिजनक छन्। राप्रपा उक्त कार्यको खण्डन गर्दछ र कोही भ्रममा नपर्नका लागि आग्रह गर्दछ,’ राप्रपाले भनेको छ।

प्रतिक्रिया दिनुहोस्