दाङ – एसीसी मेन्स यु- १६ इस्टन जोन कप जितेर फर्किएको नेपाली युवा क्रिकेट टिमका सदस्य सुभम खनाललाई उनको गृह जिल्लामा स्वागत तथा सम्मान गरिएको छ ।
लमहीमा स्वागत तथा सम्मान गरिएको हो। उनलाइ परिवार, विद्यालय, सामाजिक संस्था तथा विभिन्न संघ-संस्थाहरूले सम्मान गर्दै आगामी दिनमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न हौसाएका थिए ।
ज्योतीषमती विद्यापीठ, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, अर्जुन देउखुरी सम्पर्क समाज लगायत संस्थाहरूले सुभमलाई स्वागत तथा सम्मान गरेका हुन । लमहीमा क्रियासिल पत्रकारहरुले समेत उनको सम्मानमा साक्षात्कार कार्यक्रम राखेका थिए ।
लमही नगरपालिका- ५ निवासी सुभम खनाललाई नेपालको जर्सीमा अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको हेर्ने परिवार र साथीहरुको सपना उनले किशोर अवस्थामै पुरा गरेका छन ।
नेपालले उक्त प्रतियोगिता जितेर ट्रफी हात पारेपछि अहिले सुभम र उनको परिवारलाई बधाई र सम्मान दिनेको घुइँचो लागेको छ । उपाधि जित्दा सम्म उनले ६ खेलबाट दोस्रो सर्वाधिक विकेट लिने खेलाडीको उपाधि हासिल गरेका थिए। उनले आफ्नो अलराउन्डर छवीलाइ बलियो बनाउन समेत यो प्रतियोगिता महत्त्वपूर्ण रह्यो ।
शुभमका बुबा केशव खनालले सानै उमेरमा छोरालाई राष्ट्रिय जर्सीमा देख्न पाउँदा परिवारलाई मात्र नभइ सिंगो राष्ट्रलाइ गौरवान्वित बनाएको बताए । नेपालका पूर्वकप्तान शक्ति गौचनको प्रशिक्षणमा खारिएका सुभमले आफूलाई लेफ्ट आर्म स्पिन बलरका रूपमा स्थापित गरेका छन ।
ज्योतिष्मती विद्यापीठ, लमहीमा अध्ययन गरेका सुभम हाल बुटवलस्थित न्यू होराइजन आवासीय विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्