देउखुरीमा बाघले ६ वटा बाख्रा मार्यो

दाङ समाचार
दाङ समाचार ११ कार्तिक २०८३, मंगलवार
1 Min Read
Aa

दाङ – देउखुरीमा चितुवाको आक्रमणबाट ६ वटा बाख्रा मरेका छन् भने तीनवटा बाख्रा बेपत्ता भएका छन् । लमही नगरपालिका वडा नम्बर ३ नारायणपुर निवासी रघुवीर खत्रीले चरिचरणका लागि नारायणीश्वर सामुदायिक वनमा लगिएका नौवटा बाख्रामध्ये छवटा मृत अवस्थामा फेला परेको बताउनुभयो ।

खोजी गर्ने क्रममा मंगलबार बिहान मात्रै छवटा बाख्रा मृत अवस्थामा फेला परेको हाे । बाँकी तीनवटा बाख्राको अवस्था भने अज्ञात रहेको छ ।
पछिल्लो समय देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा वन्यजन्तुको गतिविधि बढ्दै गएको भन्दै डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

साथै वन्यजन्तुको गतिविधि बढ्दै गएको हुनाले जथाभावी वन क्षेत्रमा प्रवेश नगर्न हुन र चरिचरणकाे लागि अनावश्यक वन क्षेत्रमा पशुचाैपाया नलैजान समेत वन कार्यालयले आग्रह गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्