दाङ – नेपाली कांग्रेस क्षेत्र नं. १, दाङले बडादसैँ, शुभ दीपावली तथा छठ पर्व–२०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
क्षेत्रीय सभापति दिनेश गिरीका अनुसार यही कात्तिक ८ गते आइतबार बिहान ११ बजे लमहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय रातोडाँडामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्यहरू, केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस दाङका वर्तमान जिल्ला सदस्यहरू लगायतलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।
नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस क्षेत्र नं. १, दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्