दाङ – नेपालले आगामी विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। नेपालले घोषणा गरेको प्रारम्भिक टोलीमा एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विनोद भण्डारी र शेर मल्ललाई समेटिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो। विनोदले एनपीएलमा दुई अर्धशतकसहित २ सय ६४ रन बनाएका थिए । शेरले भने लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन १७ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनीसँगै १७ विकेट लिएका अविनाश बोहरालाई पनि क्याम्पमा बोलाइएको छ । क्याम्प सोमबारदेखि सुरु हुनेछ। विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन्। नेपाल रहेको टोलीमा समान दुईपल्टको विजेता इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली छन ।
नेपालले आफ्ना समूह चरणका सबै खेल मुम्बईस्थित वाङखडे मैदानमा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्