दाङ – लमहीस्थित अजम्मरी सामुदायिक वनले ठेक्कामा सञ्चालन गर्दै आएको सार्वजनिक शौचालयमा शौचालय प्रयोग गर्न गएका ६० वर्षीय एक वृद्धमाथि कुटपिट गरेको घटना बाहिरिए पछि वन कार्यालयले कडा एक्सन लिएको छ ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीले सार्वजनिक शौचालय संचालकलाई तिनदिन भित्र शौचालय तथा सटर खाली गर्न अल्टिमेटम दिएको समितिका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिनु भयो । शौचालय संचालकले सम्झौताको सर्त उल्लङ्घन गर्दै, तोकिएको रकम भन्दा बढी रकम लिने क्रममा स्थानिय उपभोक्ता माथि बुधवार दिउँसो कुटपिट, हातपात तथा दुव्र्यवहार गरेको प्रति सामुदायिक वनको गम्भिर ध्यानाकर्षण भएको छ ।
पटकपटक सम्झौता विपरित कार्य नगर्न आग्रह गर्दागर्दै, संस्थाको हित विपरित कार्य गरेको हुदाँ र स्थानिय उपभोक्ता माथि अमानविय व्यवहार गरेको र उपभोक्ताको प्रतिष्ठामा नकारात्मक असर पर्नुका साथै उपभोक्तामा असन्तुष्टि सृजना भएको हुदाँ उक्त शौचालय तिनदिन भित्र पूर्णरुपमा खाली गर्न शौचालय संचालकलाई पत्राचार गरेको छ ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीले शौचालय संचालकलाई बुधवार तिनदिन भित्र शौचालय तथा सटर खाली गर्न अल्टिमेटमको पत्र पठाएको छ । साथै तोकिएको अवधिभित्र शौचालय खाली नगरेमा प्रचलित कानून तथा सम्झौता अनुसार सम्झौता स्वत रद्द गरि आवश्यक कानुन एवम् प्रशासनिक प्रकृया अगाडी बढाइने व्यहोरा समेत जानकारी गराइन्छ- पत्रमा भनिएको छ । घटना पछि फरार रहेको मुख्य पीडकलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्