दाङ – नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ । शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ ।
त्यस्तै, १६ वटा अन्य विभिन्न समिति पनि बनाइएको कोइरालाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन । इतर पक्षले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो । सोही अनुरुप आज आयोजक समिति घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्