तुलसीपुरमा स्कुटर–मोटरसाइकल ठोक्किँदा सडकमा लडेकी महिलालाई टिप्परले कुल्चियो, उपचारका क्रममा मृत्यु

दाङ समाचार
दाङ समाचार २१ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – तुलसीपुर उपमहानगरपालिका ११ निवासी कल्पना केसीको तुलसीपुरस्थित मदन आश्रित चोक र गुम्राह चोकको बीचमा भएको सवारी दुर्घटनामा उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बजारबाट दक्षिणतर्फ जाँदै गरेको स्कुटरलाई गुम्राह चोकबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करपछि स्कुटरसहित सडकमा लडेकी केसीलाई सोही दिशातर्फ गइरहेको तुलसीपुर उपमहानगरपालिकाको टिप्परले कुल्चिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी केसीलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको कारण तथा संलग्न सवारीसाधनबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फोटो / समाचार- टेकराज भण्डारी 

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्