भिसुन शाही
दाङ – राप्ती गाउँपालिका ४ स्थित श्रीनारायण चोक मौरिघाटमा रहेको राष्ट्रिय वाणिज्य बैंक देउखुरी शाखाले एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
वि.सं. २०८२ साल जेठ २२ गतेदेखि सञ्चालनमा आएको उक्त शाखाले कर्जा, निक्षेप तथा डिजिटल बैंकिङलगायत बैंकिङसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै शाखाले वि.सं. २०८३ साल भदौ १९ गतेदेखि एटीएम सेवा पनि सञ्चालनमा ल्याएको शाखा प्रबन्धक विष्णु गैरेले जानकारी दिनुभयो ।
एटीएम सेवा सञ्चालनसँगै स्थानीय सेवाग्राहीलाई नगद कारोबार तथा बैंकिङ सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक देउखुरी शाखा राप्ती गाउँपालिका ४ श्रीनारायण चोक मौरिघाट, दाङमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्