घर संसार फुटसलको उपाधि भगवती फुटसललाई

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २६ आश्विन २०८३, सोमबार
2 Min Read
Aa

दाङ – लमहीमा आयोजित घर संसार फुटसल प्रतियोगिता २०८३ को उपाधि भगवती फुटसल क्लबले जितेको छ । लमही सिटी क्लबको आयोजनामा फ्रेन्ड्स फुटसल लमहीमा सम्पन्न प्रतियोगिताको फाइनलमा मेट्रो दाङ फुटसल क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै भगवती फुटसल काठमाण्डौले उपाधि हात पारेको हो ।

उपाधिसँगै भगवती फुटसल क्लबले एक लाख रुपैयाँ नगदसहित कप, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको मेट्रो दाङ फुटसल क्लबले ५० हजार रुपैयाँ नगदसहित कप, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपाधिसँगै भगवती फुटसल क्लबले एक लाख रुपैयाँ नगदसहित कप, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको मेट्रो दाङ फुटसल क्लबले ५० हजार रुपैयाँ नगदसहित कप, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । मेट्रो दाङ फुटसल क्लबका दिवान घर्ती मगर उत्कृष्ट गोलकिपर घोषित भए । त्यस्तै, भगवती फुटसल क्लबका सौगात राना मगर प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्नुभयो भने सोही क्लबका सुमित श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

लमही सिटी क्लबका अध्यक्ष गम्भीर श्रेष्ठको अध्यक्षता तथा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरप्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न स्थानका २२ वटा फुटसल क्लबले सहभागिता जनाएका थिए ।

प्रतियोगिताले स्थानीय स्तरमा फुटसल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुदमार्फत युवालाई सक्रिय बनाउन सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्