पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु

दाङ समाचार
दाङ समाचार २६ चैत्र २०८२, बिहीबार
1 Min Read
Aa

दाङ – ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका ६ का ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ रहेका छन् । उनीहरूमाथि बुधबार साँझ करिब ७:४० बजे चक्कु प्रहार भएको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुवै जनाको बिएन्डबी अस्पतालमा राती साढे ८ बजेतिर मृत्यु भएको थियो। नेम्बाङ दाजुभाइको हत्या गरेको आरोपमा ललितपुर महानगरपालिका ९ का सञ्जीव नेपाली र नवलपरासीको गैँडाकोटका गगन सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गलत नम्बरमा फोन जाँदा विवाद सुरु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्