रोटरी क्लबका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान

दाङ समाचार
दाङ समाचार १८ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

दाङ – देउखुरी उद्योग बाणिज्य संघले रोटरी क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ । संघको कार्यालयमा आयोजित कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले नवनिर्वाचित पदाधिकारीहरूलाई खादा ओढाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको हो ।

सो अवसरमा अध्यक्ष ठकुरीले रोटरी क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सेवा तथा मानवीय क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि समाज रूपान्तरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले “रोटरी क्लबले आफ्नो सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउँदै समाजका हरेक वर्गको हितमा काम गर्नेछ भन्ने विश्वास लिएका छौं । देउखुरी उद्योग बाणिज्य संघ र रोटरी क्लबबीच सहकार्य, समन्वय र साझेदारीलाई अझ सुदृढ बनाउँदै सामाजिक तथा आर्थिक विकासमा संयुक्त रूपमा अघि बढ्न सकिने पर्याप्त सम्भावना रहेको छ । नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु,” भन्नु भयो ।

कार्यक्रममा रोटरी क्लबका पदाधिकारीहरूले सम्मानप्रति देउखुरी उद्योग बाणिज्य संघप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सामाजिक सेवाका क्षेत्रमा उद्योग बाणिज्य संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका पदाधिकारी, व्यवसायी तथा रोटरी क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्