दाङ – जनमत पार्टीका केन्द्रीय सदस्य असरफ अली चुरिहार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गर्नुभएको हो ।
पार्टी प्रवेशसँगै प्रदेश सभापति पुनले चुरिहारलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य एवं सुनवल नगरपालिकाका पूर्व नगरप्रमुख भरत थापा, कार्यवाहक सभापति विक्रम यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
चुरिहारको नेपाली कांग्रेस प्रवेशलाई लुम्बिनी प्रदेशमा पार्टी संगठन सुदृढीकरणका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्