दाङ – गाईजात्रा २०८३ को अवसरमा कलाकार शिवशंकर प्रसाद रिजाल ‘जोगिन्दर पानवाला’को व्यङ्ग्य तथा हास्य प्रस्तुति रहेको ‘बालेन सरकार’ मा प्रसिद्ध गायक राजु परियारले पहिलो पटक प्यारोडी गाएका छन । झलकमान गन्धर्वको कालजयी गीत ‘हे बरै आमाले सोध्लिन ‘ को लयमा प्रसिद्ध गीतकार लोकराज अधिकारीले प्यारोडी शब्द लेखेका हुन ।
गीतमा अष्ट लामाको संगीत संयोजन धर्म गन्धर्वको सारंगी र पोषण घर्तीको मादल रहेको छ । ‘जोगिन्दर पानवाला’को यो २३औँ गाईजात्रा हो । लेखन, प्रस्तुति तथा निर्देशन उनकै रहेको छ । भिडियोको छायांकन हरि ढकाल र सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् । यस्तै, प्रस्तुतिको कोरियोग्राफी समान अधिकारीले गरेका छन् ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त प्रस्तुतिमा समसामयिक राजनीतिक तथा सामाजिक विषयलाई हास्य–व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिएको छ । गाईजात्रालाई नेपाली समाजमा राजनीतिक, सामाजिक तथा समसामयिक विषयमाथि हास्य–व्यङ्ग्य प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । यसै परम्परालाई निरन्तरता दिँदै ‘बालेन सरकार’ मार्फत समसामयिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्