पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

दाङ समाचार
दाङ समाचार ९ मंसिर २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – पूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्तेजुङको ओलाङचुङ गोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । यो तिब्बतसँग जोडिएको क्षेत्र हो । भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे/नपुगेको विवरण भने आइसकेको छैन ।

उता अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको यूएसजीएसले उल्लेख गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्