प्रधानमन्त्री बालेन आज भारत जाँदै, दलहरूसँग परामर्श नगरेको विषय चर्चामा

दाङ समाचार
दाङ समाचार ७ मंसिर २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो । उनी आज मध्याह्न १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । विमानस्थलमा राज्यमन्त्रीले स्वागत गर्ने, होटलमा विदेशमन्त्रीले भेट्ने
प्रधानमन्त्री बालेन भारतीय समय अनुसार आज अपराह्न ३:४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए ।

विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा जानेछन् । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय भएको छैन । भोलि समकक्षी मोदीलाई भेटेर स्वदेश फर्किने भोलिपल्ट अर्थात् मंसिर ७ गते शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम छ । उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्