दाङ – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गढवा गाउँपालिका–६, रामपुर निवासी १९ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई उपचारका लागि सञ्जीवनी टिचिङ अस्पताल घोराही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा–६ निवासी १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ सामान्य घाइते भएका छन् ।
मृतक सुनारको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्