मजगाउँ फुटबल क्लबलाई खेलकुद सामग्री हस्तान्तरण

दाङ समाचार
दाङ समाचार ४ मंसिर २०८३, बिहीबार
1 Min Read
Aa

दाङ– युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरूको प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लमही नगरपालिका ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले मजगाउँ फुटबल क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको छ ।

बुधबार वडा कार्यालयमा क्लबका युवाहरूलाई बोलाएर अध्यक्ष चौधरीले फुटबल, खेलाडी ड्रेस तथा गोलकिपर ग्लोभ्स हस्तान्तरण गर्नुभएको हो ।

सामग्री हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले खेलकुद मनोरञ्जन र शारीरिक व्यायामको माध्यम मात्र नभई अनुशासन, एकता, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो । खेलकुदमार्फत युवाहरूलाई कुलत तथा नकारात्मक गतिविधिबाट टाढा राख्दै समाजमा सकारात्मक योगदान पुर्‍याउन सकिने उहाँको भनाइ थियो ।

आफू खेलकुद क्षेत्रप्रति सधैँ सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले उचित अवसर, प्रशिक्षण र प्रोत्साहन पाउन सके स्थानीय खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सक्ने बताउनुभयो ।

खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउन सके यस क्षेत्रबाट रोजगारी तथा आर्थिक आयआर्जनको सम्भावना पनि रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

युवाहरूको खेलप्रतिको रुचि र उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो तर्फबाट सानो सहयोग गरिएको बताउँदै उहाँले आगामी दिनमा पनि खेलकुद र युवा प्रतिभाको विकासका लागि सक्दो सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खेलकुदको विकास, युवा प्रतिभाको सम्मान र समृद्ध समाज निर्माणका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्