पेट्रोल छर्केर आगो लगाइएका चौधरीको मृत्यु, उपचार खर्च भेरी अस्पतालले मिनाहा गर्‍यो

दाङ समाचार
दाङ समाचार ३० कार्तिक २०८३, आईतवार
1 Min Read
Aa

दाङ– राजपुर गाउँपालिका–२, बेलाका निवासी रुपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नै छिमेकीले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएका चौधरीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान करिब ५ बजेको समयमा मृत्यु भएको हो ।

मृतक चौधरीको शव नेपालगंजबाट दाङ ल्याउनका लागि राजपुर गाउँपालिकाबाट एम्बुलेन्स पठाउन लागिएको गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनुभयो । स्वास्थ्य मंत्री निशा मेहताको निर्देशनमा भेरी अस्पतालले चौधरीको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा भएको नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य साजिदा सिद्दिकीले जानकारी दिनु भएको छ ।

चौधरीको उपचारका लागि नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य साजिदा सिद्दिकी, नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी र नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्मालगायतले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

नेताहरूले चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्