राजपुर घटनाप्रति सांसद सिद्दिकी र विकको चासो, घाइतेको उपचारमा पहल

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २९ कार्तिक २०८३, शनिबार
1 Min Read
Aa

दाङ– राजपुर गाउँपालिका वडा नम्बर २ मा छिमेकीमाथि पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका रुपलाल चौधरी ( गोमे ) को उपचारका लागि नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले चासो राख्दै उपचारमा सहजताका लागि मानवीय पहल देखाएका छन् ।

घटनाबारे समाचार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य साजिदा सिद्दिकीले घटनाप्रति विशेष चासो देखाउनुभएको छ । उहाँले पटक–पटक फोन गरेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारका लागि आवश्यक पहल गर्नुभएको छ ।

सांसद सिद्दिकीले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासँग कुराकानी गरेको जानकारी गराउँदै घाइतेलाई तत्काल नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याउन आग्रह गर्नुभएको छ । मन्त्री मेहताले भेरी अस्पतालका डा. लक्ष्मण सिग्देलसँग समेत कुराकानी गरिसकेको र घाइतेलाई सिधै भेरी अस्पतालमा पुर्‍याउन निर्देशन दिएको जानकारी सांसद सिद्दिकीले गराउनुभएको छ । त्यसैगरी उहाँले गृहमन्त्रीसँग समेत घटनाबारे कुराकानी गरेको जानकारी गराउनुभएको छ ।

यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सदस्य तथा नेतृ लोका विकले पनि घटनाप्रति चासो व्यक्त गर्दै घाइतेको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले पनि आफ्नो तर्फबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

लमही अस्पतालमा प्राथमिक उपचार पछि हाल गम्भीर घाइते चौधरीलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्