नगर प्रमुख चौधरीद्वारा तिहार, छठ र नेपाल संवत् ११४७ को शुभकामना

दाङ समाचार
दाङ समाचार २६ कार्तिक २०८३, बुधबार
1 Min Read
Aa

दाङ– लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नगरबासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नगर प्रमुख चौधरीले शुभकामना सन्देशमार्फत तिहार र छठ पर्वले समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता तथा पारिवारिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीचको विविधतालाई सम्मान गर्दै पर्वहरूलाई आपसी सद्भाव र सामाजिक एकताको प्रतीकका रूपमा मनाउन आग्रह गर्नुभएको छ ।

नेपाल संवत् ११४७ को सुरुवातसँगै नयाँ उमङ्ग, उत्साह र सकारात्मक सोचका साथ अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्दै उहाँले यी पर्वले नगरको विकास, समृद्धि र सामाजिक एकतामा समेत योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभएको छ ।

साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण लमही नगरबासीको सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै नगर प्रमुख चौधरीले सबैलाई पर्वहरू मर्यादित, सभ्य र हर्षोल्लासका साथ मनाउन हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्