दाङ – बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको अमिलिया स्थित शिवखोलामा दुर्घटना हुँदा ५३ जना घाइते भएका छन् ।
आज बिहान करिब ७ बजे भे १ ख ३१३० नम्बरको बस लमही नगरपालिका–९ स्थित शिवखोला, अमिलियामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते भएका सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो ।
दुर्घटनालगत्तै प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । घाइतेहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्