कांग्रेस महाधिवेशनका बाँकी पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा

दाङ समाचार
दाङ समाचार २४ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरुको मत गणना भने बाँकी रहेको छ ।

सभापति बाहेकका पदाधिकारीहरुको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ । उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ ।निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना सुरु गर्नेछ ।

कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ । त्यसपछि मात्रै पदाधिकारीको मतगणना सुरु हुनेछ ।

१५औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणनामा सभापतिमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन । जसमा कुल ५४ मत बदर भएको थियो ।यसपटक कांग्रेसका ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्