काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

दाङ समाचार
दाङ समाचार २५ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए ।

‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।

’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । यो पनि पढ्नुहोस बल प्रयोग गरेर फोहोर फालियो, भोलि के हुन्छ थाहा छैन ! गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन ।

सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्