कर्मचारीको हातमा कालो पट्टी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ६ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकामा कार्यरत कर्मचारीले हातमा कालो पट्टी बाँधेका छन । सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीलाई विभेद गरेको ऐन ल्याउन लागेको भन्दै बिरोध स्वरुप उनिहरुले हातमा कालो पट्टी बाँधेका हुन । हातमा कालो पट्टी भदौ १७ गते सम्म रहने छ । कालो पट्टी बाँध्दै विरोध पनि जनाउने र कामकाज पनि गर्ने भन्ने केन्द्रको सर्कुलर रहेको संजालले जनाएको छ ।

संघीय निजामती सेवा ऐन आउदै गरेको सन्दर्भमा तीनै तहका कर्मचारीलाई विभेद नहुने गरि ऐन जारी गर्नु पर्छ भन्ने माग राख्दै संयुक्त ट्रेड युनियन संजालमा आबद्द कर्मचारीले सोमबार लमही नगरपालिकाको मुख्य प्रवेशद्वारा अगाडी हातमा कालो पट्टि बाँधेर बिरोध जनाएका हुन । संघ र प्रदेशका कर्मचारीमा विभेद गरेको स्थानीय तहका कर्मचारीको भनाई छ ।

यदि सरकारले जवर्जस्ती उक्त ऐन ल्याउने र कार्यान्वयन गराउने प्रयास गर्यो भने कडा रुपमा हाम्रो आन्दोलन देशव्यापी हुनेछ’- नेपाल राष्ट्रिय कर्मचारी संगठन दाङका उपाध्यक्ष रेशमलाल शर्माले भने । अझैं पनि हामीले सरकारलाई अनुरोध गरिरहेका छौं, यो ऐनमा पुनर्विचार गरियोस तर सरकारले कुनै टेरपुच्छर लगाएको छैन, यो ल्याउँदै गरेको ऐनका बिरुद्द हामी देशका ७ सय ५३ वटै स्थानीय तहका कर्मचारी मर्कामा छौं’- शर्माले भने ।

देशव्यापी रुपमा थालिएको यो आन्दोलन स्थानीय तहमा अन्यायमा परेका कर्मचारीको न्यायका लागि हो, सरकारले नै कर्मचारी विच विभेद गरेको छ, त्यसकारण स्थानीय तहका कर्मचारीले देशाव्यापी रुपमा आन्दोलन गर्न बाध्य भएको जिल्ला स्तरिय स्थानीय सेवा कर्मचारी हकहित तदर्थ समितिका संयोजक महेश थापा ठेडीको भनाई छ ।

संघीयता निजामती सेवा ऐन संसदमा पेश हुन लागेको छ तर उक्त ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई न्याय गर्ने खालको नहुँदा हामी पिडित भएका हौँ’- नेपाल निजामती कर्मचारी संगठन दाङका उपाध्यक्ष शिबराज न्यौपाने भने । नेपाल निजामती कर्मचारी युनियन लमही नगरपालिकाका अध्यक्ष रामभजन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गायत्री थापाले गरेकी थिइन ।

संयुक्त ट्रेड युनियन संजालका मागहरु –

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्