डेब्युमै अर्जुनको अर्धशतक

दाङ समाचार
दाङ समाचार २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार डेब्यु गरेका अर्जुन साउदले आफ्नो पहिलो खेलमै अर्धशतक प्रहार गरेका छन्। युएईविरुद्ध ओपनिङ गरेका अर्जुनले ७९ बलमा ५१ रन बनाउँदै पहिलो एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक प्रहार गरे।

टी–२० मा भने अर्जुनले गत अगस्टमा नैरोबीमा भएको केन्याविरुद्धको खेलमा डेब्यु गरेका थिए। तर उनले एकदिवसीयमा भने सोमबार टियू मैदान कीर्तिपुरमा डेब्यु गरेका हुन्। उनलाई प्रशिक्षक मनोज प्रभाकरले डेब्यु क्याप दिएका थिए।

उनी डेब्यु खेलमा नै अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने। उनी अघि ज्ञानेन्द्र मल्लले २०१८ अगष्ट १ मा डेब्यू खेलमै नेदरल्यान्ड्सविरुद्ध ५१ रन बनाएका थिए भने कुशल मल्लले २०२० फेब्रुअरीमा अमेरिकाविरुद्ध टियू क्रिकेट मैदानमा ५० रन बनाउँदै डेब्यू खेलमा अर्धशतक प्रहार गरेका थिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्