दाङ – लमहीमा अत्याधुनिक सेवा सुविधा भएको एक होटलले भोलि शुक्रवार देखि सेवा शुभारम्भ गर्ने भएको छ । सिद्दार्थ होटल ग्रिन लुम्बिनीले बिहिबार लमहीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । उक्त होटलको उद्घाटन भोलि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गर्नु हुने भएको छ ।
सिद्दार्थ होटल ग्रिन लुम्बिनी र लमही नगर विकास समिति संग होटल संचालन गर्नका लागि तीस वर्षको सम्झौता भएको अध्यक्ष लक्षमण भण्डारीले जानकारी दिनु भयो। साढे सत्र कट्ठा क्षेत्रफलमा बनेको यस होटलले नगर विकास समितिलाई वार्षिक ४ लाख पचास हजार रुपैयाँ भाडा तिर्नु पर्ने छ । त्यसैगरी अहिले सम्म होटलको व्यवस्थापनमा वीस करोड रुपैयाँ खर्च भैसकेको छ भने अझै २५ करोड लाग्ने अनुमान गरिएको भण्डारीको भनाई छ ।
नवनिर्मित होटलमा २० वटा अत्याधुनिक सुविधायुक्त कोठा, एक हजार भन्दा बढी सम्म अट्ने फरक फरक सभाहल र मिटिङ रुम रहेका छन् । त्यस्तै पारिवारिक वातावरण भएको रेष्टुरन्ट, प्राईभेट डाईनिङहल, बार, स्विमिङ्ग पुल, स्पा लगाएतका सेवाहरु भोलि देखि संचालन हुने छ भने निकट भविष्यमा ४२ वटा सुविधायुक्त कोठा, जिम, हेल्थ क्लब, साथै चार तारे होटेलको सुविधा दिईने योजना रहेको छ ।
पुर्व पश्चिम राजमार्गको मध्य भागमा पर्ने लमहीमा रहेको यस होटेलले मेचि देखि महाकाली, हिमाल देखी तराई, र बिदेशी पर्यटकहरुलाई समेत देउखुरी क्षेत्रको पर्यटकिय स्थलको चिनारी यहाँको मौलिक कला संस्कृति, स्थानीय खानाका परिकारहरुलाई समेत प्राथमिकता दिई आन्तरिक तथा बाहय पर्यटकको गन्तब्य स्थलको रुपमा अगाडी बढाउने योजना रहेको होटेलका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
लुम्बीनी प्रदेशमा होटेल व्यवसायलाई थप गुणस्तरिय बनाउने उदेश्य साथ होटेल व्यवसायमा लगानी गर्दा आएको सिद्दार्थ ग्रुपले २०६० साल माघ २३ गते कैलालीको टिकापुरबाट सेवा आरम्भ गरेको होटलले लमहीमा संचालित सिद्दार्थ होटेल ३१ औं शाखाको रुपमा रहेको जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो । संचालक समितिका अध्यक्ष लक्ष्मण भन्डारीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले राम्रो सुविधायुक्त होटेलको अभाब रहेको बेला यस क्षेत्रमा सचालित सिद्धार्थ होटेल आन्तरिक तथा बाहय पर्यटकलाई सेवा दिनुको साथै स्थानियलाई रोजगारीको अबस्था समेत श्रृजना गरेकोमा खुसि व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन संचालक सदस्य रविलाल आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्