दाङ – माघ १ गते अर्थात माघे संक्रान्तिका दिन नेपाल कुमाल समाज दाङले आफ्नो समुदायको पहिचान झल्किने झाँकी पर्दर्शनी गरेको छ । ‘कला संस्कृती संरक्षण कुमालको शान, आफ्नो भाषा आनो भेष कुमालको पहिचान’ भन्ने मुख्य नारा सहित समाजले लमही नगरपालिका- ९ रिहारमा र्याली प्रदर्शन गरेको हो ।
रिहारको नेपाल टेलिकम टावरबाट शुरु भएको र्याली मुख्य सडक हुँदै त्यहाँका विभिन्न मन्दिर परिक्रमा गर्दै कुमाल समुदायको कला प्रस्तुत गरि मेला लाग्ने चौरमा गएर कोण सभामा परिणत भएको थियो ।
सो अवशरमा कुमाल समुदायका कलाकारहरुले समुदायको पहिचान झल्किने गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । माघे संक्रान्तिको मौका पारेर कुमाल समाज दाङले आयोजना गरेको र्यालीमा दाङ जिल्लाका सैयौं कुमाल समाजका युवायुवती, बुद्दिजीवीहरुको सहभागिता रहेको थियो।
सबै जातजातिले आफ्नो समुदायको पहिचान खोजि रहेका बेला हामीले पनि आफ्नो पहिचान र इतिहास खोज्नु पर्छ भनेर हामी ‘कुमाल समाज दाङ’ नामक संस्था गठन गर्दै कानूनी प्रक्रिया समेत पुरा गरि सकेको कुमाल समाज दाङक अध्यक्ष रामलाल कुमालले बताउनु भयो । पुर्व तिर हाम्रो समुदायका विभिन्न कला संस्कृति जगर्ने गर्नेमा साथीहरु सक्रिय भएर लागेको पाइयो दाङ देखि पश्चिम तिर कोहि कसैले पनि चासो लिएको पाइएन’- अध्यक्ष कुमालले भन्नु भयो ।
कुमाल समुदायको खानपिन, बोलिने भाषा, कला, भेषभुसा जस्ता मुख्य कुरालाई हामीले प्रचलनमा ल्याउने अभ्यास गर्दै छौं, तत्काल सम्भव नभएपनि केहि वर्ष पछि माथि उल्लेखित सबै कुराहरु व्यवहारमा लागु गर्ने हाम्रो प्रयत्न रहनेछ’- उहाँले भन्नु भयो । हाम्रो समाजका छोराछोरीहरु पनि पढे लेखेका छन्, उनीहरुलाई हाम्रो पुर्खेउली कला, सीप, भेषभुसा, खानपिन जस्ता कुराहरुमा ज्ञान आर्जन गर्नका लागि राज्यले केहि मौका दिनु पर्ने कुमालको भनाई छ ।
दाङका दश पालिका मध्ये ६ वटा पालिकामा यो समुदायका मानिसहरुको बसोबास रहेको छ । सबैभन्दा बढी देउखुरीको गढवा गाउँपालिकामा कुमाल समुदायका मानिसहरुको बसोबास रहेको छ । अब केहि समयपछि जिल्ला भरि छरिएर रहेको हाम्रो समुदायको सम्पूर्ण बिवरण संकलन गरिने समाजका उपाध्यक्ष रचना कुमालले बताउनु भयो।
समाजका अध्यक्ष रामलाल कुमालको अध्यक्षता तथा लमही नगरपालिका- ९ का वडाध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव खुशल बहादुर कुमालले गर्नु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्