काठमाडौं – एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई जितको लागि २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट गुमाएर २३५ रन बनायो । मलेसियाको लागि कप्तान यहमद फेजले अर्धसतक प्रहार गरे ।
उनले ९५ बलमा ७६ रन बनाए । यस्तै, विरान्दिप सिंहले ४६, खिजर हायतले २२ रन बनाए । नेपालको लागि सोमपाल कामि र सन्दीप लामिछानेले तीन /तीन विकेट लिए । यस्तै, ललित राजवंशिले २ तथा गुल्शन झाले १ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्