दाङ – इन्टर बैंकर्स क्लब स्तरिय फुटसल प्रतियोगिता २०८० को उपाधी तुलसिपुर बैंकर्स क्लबले जितेको छ ।
तुलसीपुर बैंकर्स क्लबको आयोजनामा द लेजेन्ड फुटसल ग्राउन्ड तुलसीपुरमा भएको फाईनल खेलमा देउखुरी बैंकर्सलाई दुईका विरुद्ध सात गोलको फराकिलो अन्तरले पराजित गर्दै तुलसीपुर बैंकर्सले उपाधी जितेको हो ।
उपाधीसंगै उसले इन्टर बैंकर्स क्लब स्तरिय फुटसलको कप उचालेको छ । प्रतियोगितामा तुलसीपुर, घोराही र देउखुरी बैंकर्स क्लबका चार टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम तुलसीपुर बैंकर्स क्लबका अध्यक्ष रन्जन कोईरालाको अध्यक्षतामा भएको थियो ।
सो अबसरमा बिजेता तुलसीपुर बैंकर्स, उपबिजेता देउखुरी बैंकर्स क्लबका टिम तथा खेलाडीलाई कप, मेडल, प्रमाणपत्र र देउखुरी बैंकर्स क्लबका रबिन भट्टराईलाई उत्कृष्ट किप्परको ट्रफी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्