जनविहानी टोल बचत समुहको साधारण सभा सम्म्पन्न

दाङ समाचार
दाङ समाचार ४ असार २०७९, शनिबार
1 Min Read
Aa

खडग शर्मा पौडेल, दाङ

घोराही उप-महानगर पालिका वडा नम्बर १५ स्थित जनविहानी टोल बचत समुहको साधारण सभा आज शनिबार सम्म्पन्न भएको छ ।

समुहका अध्यक्ष माया आचार्यको अध्यक्षतामा सम्पन्न भेलामा वार्षिक आय ब्यय विवरण कोषाध्यक्ष तारा बहादुर कार्कीले प्रस्तुत गरेका थिए ।

भेलाले वार्षिक बाह्र प्रतिशत ब्याजदरमा १ लाख सम्म ऋण दिने निर्णय गरेको छ । साथै भेलाले नयाँ कार्य समिती समेत चयन गरेको छ ।

भरतमणी अधिकारीको अध्यक्षतामा गठित कार्य समितिमाको उपाध्यक्षमा रिता पोख्रेल, सचिबमा खडग शर्मा पौडेल, कोषाध्यक्षमा ताराबहादुर कार्की सदस्यमा प्रकाश कुवर, बलदेव आचार्य र कुल बहादुर दशौदी रहेका छन ।

भेलाले ज्ञानेन्द्र गौतमको संयोजकत्वमा ३ सदस्यिय नयाँ ऋण समिती पनि गठन गरेको छ । जसको सदस्यमा निमानन्द गैरे र खुमान सिंह खडका रहेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्