दाङ – लमही नगरपालिका पशु सेवा उपशाखाले किसानलाई घाँसका बिरुवा बितरण गरेको छ । शाखाले सोमबार एक कार्यक्रमको आयोजना गरि बितरण गरेको शाखा प्रमुख शिबराज न्यौपानेले जानकारी दिए ।
घाँस लिनका लागि वडा नम्बर १ देखि ९ सम्मका सबै किसानलाई खबर गरेका छौं बिशेष कारण लमही आएर लिन नसकेका किसनलाई वडा कार्यालय मार्फत बितरण गरिने उनको भनाई छ । खेतिपातीको सिजन छ, धेरैजसो किसान आउन सकेका छैनन, वडा मार्फत उनिहरु सम्म पुग्ने व्यवस्था मिलाइरहेका छौँ”- उनले भने ।
पशुहरुको वृद्धि विकासका लागि पौष्टिक तत्व पाइने उन्नत जातका घाँसका बिरुवा बितरण गरिएको शाखा प्रमुख न्यौपानेले बताए । पशु पालक किसानलाई घाँस बितरण गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले पशु पालेर मात्र हुँदैन, उनिहरुलाई पोसिलो खानेकुरा हुन जरुरी छ, त्यस्का लागि किसानले विभिन्न प्रजातिका घाँसको पहिचान गरेर घाँस रोप्नु पर्छ ।
त्यस्तै किसानलाई घाँसका बिरुवा बितरण गर्दै लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रसाद सुबेदीले पशु व्यवसायमा किसानलाई कसरी आत्मनिर्भर गराउन सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण भएको बताए । कृषि पेशा गर्दै गर्दा कृषि सम्बन्धि किसानलाई ज्ञान हुन जरुरी छ, ताकी सीप प्रयोग गर्दै कृषिमा आर्थिक रुपले बलियो होस”- वडाध्यक्ष सुबेदीले भने ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पशु सेवा उपशाखा प्रमुख शिबराज न्यौपानेले गरेका थिए ।
घाँस लिनका लागि पर्खाइमा बसेका किसानहरु


प्रतिक्रिया दिनुहोस्