सितोरियो कराँते ब्ल्याक बेल्ट ग्रेडिङ सुरु

दाङ समाचार
दाङ समाचार १५ असार २०७९, बुधबार
2 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ

नेपाल सितोरियो कराँते लुम्बिनी प्रदेश स्तरिय ब्ल्याकबेल्ट ग्रेडिङ तथा दिक्षान्त कार्यक्रम आज बुधबार देखि दाङको तुलसीपुरमा सुरु भएको छ ।

नेपाल सितोरियो कराँतेको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला कराँते संघको आयोजनामा संचालित कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधारीले गरेकी हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर चौधरीले स्वस्थ,अनुशासित र समाजका लागि नैतिक जिम्मेवार नागरिक तयार गर्ने थलो खेलकुद भएको बताईन । राष्ट्रका लागि एउटा अनुशासित र स्वस्थ नागरिक उत्पादन गर्ने क्षेत्र खेलकुद भएकोले यसको महत्त्वलाई सबैले बुझ्नुपर्ने समय आएको उनको भनाई छ ।

दाङ जिल्ला कराँते संघका अध्यक्ष पदमबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुदका सदस्य टेकबहादुर विक र दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पदमा चौधरीको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अबसरमा दाङ जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख पदमा चौधरी, नेपाल सितोरियो कराँते कर्णाली प्रदेश प्रमुख प्रशिक्षक प्रदिपकुमार राई, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

संघका सदस्य देउचन केसीको स्वागत रहेको कार्यक्रमको संचालन संघका सचिब मोहलाल थापाले गरेका थिए ।

पाँच दिन सम्म संचालन हुने कराँतेको ग्रेडिङ तथा दिक्षान्त कार्यक्रममा ब्ल्याकबेल्ट सोडान फस्ट डान, सेकेन्ड डान र थर्डडानको प्रमाणपत्र लिन समय पुगेका लुम्बिनी प्रदेशका १२ जिल्लाका झण्डै एक सय पचास सिनिएर खेलाडीको सहभागीता रहेको छ ।

कार्यक्रमको प्रशिक्षकमा नेपाल सितोरियो कराँते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली र नेपाल सितोरियो कराँते कर्णाली प्रदेश प्रमुख प्रशिक्षक प्रदिपकुमार राई रहेका छ्न ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्