गोरखा मावि तुलसीपुरले कब्जा गर्‍यो रनिङ शिल्ड

दाङ समाचार
दाङ समाचार १९ असार २०७९, आईतवार
2 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ
दाङ जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी जितेको साबिक बिजेता गोरखा मावि तुलसीपुरले रनिङ शिल्ड कब्जा गरेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद विकास समिति द्वारा संचालित प्रतियोगितामा ९ स्वर्ण, २ रजत र ३ कास्य पदककासाथ लगातार तीन वर्ष शिल्ड जितेको गोरखा मावि तुलसीपुरले रनिङ शिल्ड कब्जा गरेको हो ।

त्यस्तै ग्रेट अरनिको मावि तुलसीपुर ४ स्वर्ण, २ रजत १ कास्य पदकका साथ उपबिजेतामा सिमित रहँदा रोजि बड्स लमही २ स्वर्ण ४ र ३ कास्य पदक हात पार्दै तृतिय भयो भने ज्ञानज्योती २ स्वर्ण, ४ रजत २ कास्य पदकका साथ सान्त्वना भयो ।

उता भलिबल छात्रामा मिडवयस्ट प्वाईन्ट एकाडेमी शान्तिनगर प्रथम,सिद्ध पृथ्वी श्रीगाउँ द्वितिय र गोरखा मावि तुलसीपुर तृतिय भए । भलिबल छात्रामा मिडवयस्टकी रन्जना थापा उत्कृष्ट भईन ।

त्यस्तै छात्र भलिबल तर्फ ज्ञानसिन्धु घोराही प्रथम, जनता मावि शान्तिनगर द्वितिय, गोरखा मावि लमही र बुद्ध मावि शान्तिनगर तृतिय भए । छात्र भलिबलमा ज्ञानसिन्धुका दिनेश बाँठामगर उत्कृष्ट भए ।

त्यस्तै कबडी छात्र तर्फ गुरुजजुर मावि रक्षाचौर प्रथम, मावि पदमपुर द्वितिय, र मावि रझेना तृतिय भए । छात्रमा गुरुजजुरका ईश्वर पुन उत्कृष्ट भए । त्यस्तै कबडी छात्रा तर्फ मावि गङटे प्रथम, गुरुजजुर द्वितिय र अरनिको तुलसीपुर र गोरखा घोराही तृतिय भए ।

कबडी छात्रामा मावि गङटेकी सृष्टि विक उत्कृष्ट भईन । त्यस्तै एथलेटिक्स छात्रमा गोरखा माविकी करुणा रिजाल र छात्र गोरखाकै चित्रबहादुर बस्नेत उत्कृष्ट खेलाडी घोषित भएको दाङ जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख पदमा चौधरीले जानकारी दिईन ।

यसैबिच प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समिती दाङका उपप्रमुख चेतना चौधरीको अध्यक्षता तथा निवर्तमान राष्ट्रिय सभा सदस्य, नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कोमल ओलीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष थल राज पुरीको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा मार्सल आर्ट कराँतेको बुन्काई प्रदर्शन गरिएको थियो भने बिजेता विद्यालय तथा खेलाडीहरुलाई मेडल प्रमाणपत्र, ट्रफी शिल्ड प्रदान गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्