दाङका डिएसपी “विश्व खड्का” एसपीमा बढुवा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २९ असार २०७९, बुधबार
1 Min Read
Aa

दाङ– प्रहरी प्रधान कार्यालय, नक्सालले नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

जस अन्तर्गत दाङ लमही नगरपालिका वडा नम्बर ८ सतबरिया निवासी विश्वराज खड्का पनि डिएसपीबाट एसपीमा बढुवा सिफारिस परेका छन ।

खड्का आठ महिना अघि प्रहरी वृत्त दरबारमार्गमा प्रहरी प्रमुख (डीएसपी) रुपमा इन्ट्री गरेका थिए । उनी त्यस क्षेत्रमा पुगेको खबर पाउना साथ टोले गुण्डाहरुमा खैलाबैला नै मच्चिएको थियो ।

उनी पुगेको केही दिनमै दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने ग्याङका सदस्य कुलध्वज लामा ‘कुले’लाई नियन्त्रणमा लिन सफल भएका थिए ।

दरबारमार्गका टोले गुण्डाहरुको निद हराम गर्दिएका डिएसपी खड्काले अपराध गर्नेहरुसंग कुनै सम्झौता नहुने र अपराधीलाई कानूनी कठघरामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाएका थिए सोही अनुशार उनको कामले तिब्रता पाएको छ ।

खड्का अपराध अनुशन्धान, लागू औषध, मानव बेचबिखन जस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा दक्खल राख्ने अधिकृत हुन ।

हाल सम्म उनी जति पनि जिल्लामा सुरक्षा कमान्ड सम्हालेर पुगेका छन, त्यस क्षेत्रमा गुण्डागर्दी गर्नेहरुलाई तह लगाउन सफल भएका छन ।

प्रतिक्रिया दिनुहोस्