चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४९ वर्षीय भुसाल पक्राउ

दाङ समाचार
दाङ समाचार ५ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका वडा नम्बर -२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ।

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्