दाङ ट्राफिकद्वारा चालकहरुको आँखा चेकजाँच

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ८ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

दाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी चालक तथा सहचालकलाई लक्षित गरेर सडकमै आँखा चेकजाँच शिविर शुरु गरेको छ । यो शिविर तीन दिन सम्म चल्ने छ । पूर्वपश्चिम राजमार्गमा गुड्ने लामा तथा छोटा सवारी साधनलाई रोकेर आँखा चेकजाँच गराइएको ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य भनेको दुर्घटना घटाउनु नै हो । के गरेर हुन्छ सबै मिलेर दाङमा सवारी दुर्घटना न्यूनीकरण तर्फ लाग्नु पर्यो जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक परियारले भने ।

लमही नगरपालिकाको आर्थिक सहयोग, जिल्ला ट्राफिक कार्यालय आयोजना एवम् लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त शिविरमा पहिलो दिन २ सय २३ जनाको स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको जिल्ला ट्राफिक प्रमुख परियारले जानकारी दिए । सवारीसाधन चलाउने चालकका आखाँ कमजोर हुँदा दुर्घटना बढ्ने भन्दै दूर्घटना न्यूनीकरणका लागि चालकहरुको आँखा परिक्षण गरिएको हो ।

चालकलाई रिफ्रेस पनि हुने आँखाको अवस्थापनि जानकारी हुने भएकाले शिविरको आयोजना गरि सडकमै परीक्षण गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका इञ्चार्ज विक्रम विकले बताए । नियमित चेकजाँच गर्ने यसबाट दुर्घटनाको नियन्त्रण गर्ने लक्ष्य रहेको छ ।

सवारी चालकहरुले आफु स्वस्थ रहन तथा सवारी दुर्घटना घटाउन मध्यपान र धुम्रपान सेवन छोड्न सुझाब दिएको ट्राफिक इञ्चार्ज विकले बताए । शिविरमा उच्च रक्तचाप, कलर छुट्याउन नसकिने, चालकमा दुरदृष्टि समस्या र चालकको आँखामा एलर्जीको समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्