काठमाण्डौ – गायक तथा मोडेल तिलक रामदामले यसपालिको तीजमा स्रोताका लागि “चकलेटी हिरो” बोलको तीज गीतका साथमा प्रस्तुत भएका छन । मिलन सिलवालको शब्द रहेको छ भने मोडेल तथा गायक तिलक रामदाम र माण्डवी त्रीपाठीको सुमधुर आवाज रहेको छ ।
तीजको लयमा आफ्नो मान्छे सबै भन्दा राम्रो, दुनियाँमा कुनै वस्तुसंग दाज्ने नमिल्ने जस्ता माया प्रेमका शब्दले वर्णन गरिएको छ । गायक रामदामले मन पराएको मान्छे सदाबहार तरुनी देखेका छन भने गायिका माण्डवीले पनि आफ्नो कालेलाई चकलेटी हिरोको संज्ञा दिएकी छन ।
उक्त गीतलाई संगीतकार विपिन आचार्यले संगीत भरेर जिवन्त दिएका छन । पछिल्लो पुस्ताका चर्चित मोडेल नारायणी खत्रीले गायक रामदामलाई अभिनयमा साथ दिएकी छन । यो तीजको गीतलाई गायक तथा मोडेल तिलक रामदामले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन ।
यस अघि पनि मोडेल तथा गायक रामदामले प्रविन थापा र पूर्णकला विसीले स्वरबद्द गरेको “टाढा भयौ भने” बोलको लोक तथा दोहोरी गीतमा मंजिता केसीसंग अभिनय गरि सकेका छन । गायक तथा मोडेल तिलक रामदामको सांगीतिक यात्रा सुखद रहोस हाम्रो तर्फबाट शुभ कामना
यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नु होला।
https://www.youtube.com/watch?v=PdBmENHQdtc

प्रतिक्रिया दिनुहोस्