दाङ – नयाँ तीज गीत ‘घन्कियो मादल घुन्न’ शुक्रबार सार्वजनिक भएको छ । बाल्यकालमा सँगै हुर्किएका केटा–केटी साथीमध्ये केटीको विवाहपछि पराई घर पुगेको र तीजको अवसरमा माइती फर्किएपछि बाल्यकालका ती साथीबीच हुने जिस्क्याइ तथा पुराना सम्झनालाई गीतको कथावस्तुमा समेटिएको छ ।
गीतमा गायक मनोहर भण्डारी र गायिका रिया सुनारको स्वर रहेको छ । गीतको लय तथा शब्द मनोहर भण्डारी र अमृता भट्टराईले तयार गरेका हुन्। त्यस्तै, गीतको भिडियोमा श्रीधर कडेल, अर्जुन खड्का, गोमादेवी पौडेल र सिर्जना खड्काले मोडलिङ गरेका छन् भने गायक–गायिकाको भूमिकामा सन्तोष कुमार गुप्ता र सोनिया रोका मगरले अभिनय गरेका छन ।
गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन । म्युजिक सिटी स्टुडियोमा तयार गरिएको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ प्रकाशमान श्रेष्ठले गरेका हुन । गीतको भिडियो गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क, बडहरामा छायांकन गरिएको हो ।
तीजको मौलिक संस्कृति, बाल्यकालको मित्रता र माइती–घरको भावनात्मक सम्बन्धलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीत शुक्रबार गायक मनोहर भण्डारीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्