कर्मचारी हकहित तदर्थ समिति गठन, संयोजकमा – थापा ठेडी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २९ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

दाङ – दाङमा जिल्ला स्तरिय स्थानीय सेवा कर्मचारी हकहित तदर्थ समिति गठन भएको छ । यो समितिले कर्मचारीको हकहित र संरक्षणका लागि काम गर्ने छ । समितिले महेश थापा ठेडीलाई जिल्ला संयोजकको रुपमा चयन गरेको छ ।

स्थानीय तहमा स्थायी नियुक्ति लिई कामकाज गरेको तीन वर्ष पुगिसक्दा पनि कुनै कानूनी व्यवस्था नहुनु, संघीय निजामति सेवा विधेयक २०७९ ले स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीलाई विभेद गरेको, प्रदेश निजामति सेवा ऐन निर्माण गर्न प्रदेश सरकारलाई दवाब दिनका लागि यो समिति गठन गर्न परेको हो’- संयोजक थापा ठेडीले भने । यदि सरकारले हाम्रो माग सुनेन भने हामि चरणबद्द आन्दोलनमा जाने छौं’- उनले भने ।

जिल्ला स्तरिय स्थानीय सेवा कर्मचारी हकहित तदर्थ समिति गठन गर्ने र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय लगायत अन्य निकायमा माग पेश गर्ने बारे व्यापक छलफल गरेको छ । शनिबार सम्पन्न बैठकले लमही नगरपालिकामा कार्यरत महेश थापा ठेडीको संयोजकत्वमा पन्ध्र सदस्यीय जिल्लास्तरीय स्थानीय सेवा कर्मचारी हकहित तदर्थ समिति दाङ गठन गरेको हो।

त्यस्तै स्थानीय सेवा कर्मचारीक विभिन्न मागहरु तय गरि मुख्यमन्त्री कार्यालय, लुम्बिनी प्रदेश तथा विभिन्न निकायहरुमा पेश गर्ने निर्णय गर्दै अन्य बाह्र जिल्लाका कर्मचारीसँग समन्यव गरि यहि भदौ महिनाको दोस्रो साता लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय र अन्य निकायमा मागपत्र पेश गर्ने निर्णय गरेको संयोजक महेश थापा ठेडीले जानकारी दिए ।

समितिले हरेक महिनामा एक पटक बैठक बोलाई जिल्ला भित्रका कर्मचारीलाई सहभागी गराउने र तत्काल संघर्षका कार्यक्रमहरुको तयारि गर्ने भएको छ । शनिबारको बैठकमा उपस्थित नभएका अन्य कर्मचारीलाई आगामी बैठकमा अनिवार्य उपस्थिति गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्