दाङ – गीतकार तथा गायक यादवनाथ योगीले ‘आँखै लाउने गाजलु’ बोलको गीत सार्वजनिक गरेका छन्। यादवनाथ योगी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा यादवनाथ योगी र प्राची बिडारीको कर्णप्रिय आवाज रहेको छ ।
गीतमा एक प्रेम जोडीलाई जातीयताकै आधारमा अलग बनाउन लागिएको भाव समेटिएको छ । २१ औं शब्ताब्दीमा पनि समाजले स्वीकार गर्न नसकेको भन्दै जातिय विभेदलाई दर्शाउन खोजिएको छ।
हरेक वर्ष तीजका गीत लिएर स्रोता माझ आउने गायक योगीले यस वर्ष तीज आउने समयमा समाज रुपान्तरको गीत लिएर आएका छन्। गायक योगीले गीत गाउँ चाहाने, अभिनय गर्न चाहनेका लागि मौका दिने एक श्रस्टा हुन्।
गायक योगीको शब्द संगीतमा तयार रहेको गीतमा चर्चित हाँस्य कलाकार कमल गाउँले, सोनीका चौधरी, सुरेन्द्र चौधरी, यादवनाथ योगी, ज्ञानेन्द्र स्वर्णकार र सपना विकको अभिनय रहेको छ । गायक योगीले यस गीतमा नव गायीका प्राची बिडारीका साथै नयाँ अनुहार सुरेन्द्र चौधरी र सोनीका चौधरीलाई स्थान दिएका छन् ।
गीत लमही स्थित गुड भ्वाइस रेकर्डिङ स्टुडियोमा रेकर्ड भई काठमाण्डौमारहेको एमवि रेकर्डिङ स्टुडियोमा फाइनल भएको हो। विपिन आचार्यले एरेन्ज तथा मिक्सिंग गरेको ‘आँखै लाउने गाजलु’ बोलको गीत समय सापेक्ष रहेको छ । गीतको शब्द, संगीत, अभिनय र गीतले दिन खोजेको संदेश समाज परिवर्तनमा सहयोग पुग्ने छ, समग्रमा यो गीतको सफलताको शुभ कामना ।
यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नु होस्

प्रतिक्रिया दिनुहोस्