तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

दाङ समाचार
दाङ समाचार ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) पहेँलो धातु (सुन)को मूल्य बढेको छ। मंगलबार चाँदीको मूल्य पनि सामान्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ। यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला १ हजार १८० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्