लक्ष्मण बस्नेत – दाङ
दाङ – तुलसीपुरमा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियाेगिता २०७९ हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन युवा जनस्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा अरनिको मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता यहि असोज १० गते देखि सुरु हुनेछ ।
फुटबल खेलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने मुख्य उदेश्यकासाथ आयोजना गरिएको प्रतियाेगितामा तुलसीपुर नगर क्षेत्रमा स्थापित क्लबका १२ बढी टिमको सहभागिता रहने आयोजक युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालले जानकारी दिए ।
चार दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद २५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष दुलालले बताए । यसैबीच प्रतियोगितालाई भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न आफ्नो तयारीलाई तिब्र पारेको आयोजकले बताएको छ ।
असोज ९ गते दिउँसो २ बजे सम्म टिम दर्ताको समय राखेको छ भने ३ बजे टाईसिट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्