देउखुरी बहुमुखी क्याम्पस प्रमुखमा वली

दाङ समाचार
दाङ समाचार ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – देउखुरी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रध्यापक शिव वली नियुक्त हुनु भएको छ । चार बर्षे कार्यकालको लागि क्याम्पस सञ्चालक समितिको बैठकबाट नियुक्त गरिएको हो ।

यस अघि प्रध्यापक शेरबहादुर गिरी क्याम्पस प्रमुख हुनुहुन्थ्यो । मंसिर २० मा उहाँको कार्यकाल सकिएको थियो । चुनावी आचारसंहिताले नयाँ क्याम्पस प्रमुख नियुक्त हुन सकेको थिएन ।

मानविकी सङ्कायमा एमए प्रथम श्रेणीमा उत्तीर्ण, शिक्षा शास्त्र सङ्कायमा एमएड प्रथम श्रेणीमा उत्तीर्ण, सामाजिक शास्त्र तथा शिक्षा सङ्कायमा एमफिल ‘ए’ ग्रेडमा उत्तीर्ण र हाल विद्यावारिधी पिएचडि शोधरत हुनुहुन्छ ।

उहाँ २०६७ देखि लमहीको रातोडाडा स्थित देउखुरी बहुमुखी क्याम्पस दाङमा प्राध्यापनरत हुनुहुन्छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्