कांग्रेस सहमहामन्त्रीमा योगेन्द्र चौधरीको उम्मेदवारी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २० आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । चौधरीले थारु क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।

संविधान सभा सदस्य समेत रहेका चौधरी गत विशेष महाधिवेशनबाट पनि नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएका थिए । पार्टी संगठनमा लामो समयदेखि सक्रिय चौधरीले थारु समुदायको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका निरन्तरता दिन पुनः उम्मेदवारी दिएका हुन् ।

थारु समुदायबाट राष्ट्रिय राजनीतिमा स्थापित नेताका रूपमा परिचित चौधरीले पार्टीभित्र समावेशी प्रतिनिधित्व, संगठन सुदृढीकरण र थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्दै राजनीतिक भूमिका निर्वाह गर्दै आएका छन् ।

१५औँ महाधिवेशनमा पुनः सहमहामन्त्री पदमा उम्मेदवारी दिएसँगै चौधरीको राजनीतिक निरन्तरता र थारु क्लस्टरबाट उनको दाबेदारीलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्