देउखुरीमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १९ आश्विन २०८३, सोमबार
1 Min Read
Aa

दाङ – देउखुरीमा अटो र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिनाकी शिशुसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन् ।

प्रहरीका अनुसार प्युठानबाट लमही बजार आएर प्युठान फर्किने क्रममा लमही नगरपालिका–३ मजगाउँ चोकमा दुर्घटना भएको हो । लमही बाट भालुवाङ तर्फ जाँदै गरेको लु.प्र.०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमही तर्फ आउँदै गरेको यात्रु बस एक आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार पूर्व तर्फ जाँदै गरेको ट्रकलाई उछुनेर अटो अगाडी जान खोज्दा पूर्व बाट तिब्रगतिमा लमही तर्फ आउँदै गरेको यात्रु बसमा ठोक्किन पुगेको हो ।

दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् । घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्